नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सहमतिमा छनोट गर्ने प्रयास सफल नभएपछि संस्थापन र इतर पक्ष चुनावमा गएका छन्।
संस्थापन पक्षबाट सबै ६ जना आकांक्षीलाई थमथम्याउँदै पूर्वमन्त्री वीरबहादुर बलायर सभापतिमा उम्मेदार बनेका छन् भने उनीसँग चुनाव लड्न संस्थापन इतर पक्षले कैलालीका पूर्वजिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।
उनीहरूले मनोनयन दर्ता गरिसकेका छन् भने प्रतिनिधिसँग भोट माग्न सुरू गरेका छन्।
उपसभापतिमा गोपाल गुरूङ, मानबहादुर रावल, रघुवर भट्ट, लोकराज अवस्थी र हिम रावलको उम्मेदवारी परेको छ।
महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, प्रताप गुरधामी र धनबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ।
सहमहामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट, सिमा भण्डारी कुँवर, अम्बिका चलाउने, गोपाल दत्त भट्ट, चिन्तामणि भट्ट, लक्ष्मण शाही र डम्बरी महरा रक्षाको उम्मेदवारी परेको छ।
बेलुका साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।