संस्थापन पक्षले पनि कांग्रेस कर्णाली प्रदेशको सभापतिको उम्मेदवार टुंग्याएको छ।
संस्थापन पक्षले जुम्लाका ललितजंग शाहीलाई उम्मेदवार बनाएको हो।
आज उम्मेदवारहरूको मनोनयन प्रक्रिया चलिरहेको छ। अरू पदाधिकारी तथा सदस्यको टुंगो लगाउन बाँकी छ।
सभापतिका उम्मेदवार शाही २०७० मा संविधान सभा सदस्य थिए।
संस्थापन इतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई सभापतिको उम्मेदवार बनाएको छ। बिहीबार शाहीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको हो।
हाल तरूण दलको महामन्त्री रहेका शाही कालीकोटका हुन्।