नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी कमजोर अवस्थामा रहेकोले नेतृत्व चयन गर्दा ध्यान दिन प्रदेश तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
हेटौंडामा आज बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्थामा रहेकोले नेतृत्व चयन गर्दा ध्यान दिन आग्रह गरेका छन्।
‘नेतृत्व चयन गर्दा होस् नपुर्याउने हो भने पार्टी कमजोर हुन्छ। अहिले नेतृत्व चयन गर्दा होस् नपुर्याउने अनि पार्टी कमजोर भन्ने?,’ उनले भने, ‘नेतृत्व चयन गर्दादेखि नै तपाईंहरूले ध्यान पुर्याउनुहोला।’
कांग्रेस नेतृत्व कमजोर भयो भने जनताले पनि मत नदिने उनको भनाइ थियो।
कांग्रेस बागमती प्रदेश सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट ईन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान उम्मेदवार छन्।