नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन स्थगित भएको छ।
आज उद्घाटन सत्र विराटनगरमा गर्ने भने पनि कार्यक्रम अगाडि बढ्न सकेन।
कांग्रेस पूर्वमहामन्त्री तथा प्रदेश १ का संयोजक कृष्णप्रसाद सिटौलाले भोलि बिहान प्रदेश अधिवेशन उद्घाटन गरिने बताए।
केही ठाउँमा पार्टीका अधिवेशन भइरहेको र मतगणना नसकिएको भन्दै अधिवेशन भोलिसम्मका लागि स्थगित गरिएको छ।
सिटौलाका अनुसार शुक्रबार बिहान ७:३० बजेदेखि उद्घाटन कार्यक्रम हुनेछ भने बिहान ९ बजेदेखि उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम छ।
प्रदेश १ सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य गुरूराज घिमिरे उठ्ने भएका छन्।
सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री सिटौला पक्षबाट उद्धव थापा प्रदेश सभापति पदमा उठ्ने भएका छन्।