लुम्बिनी प्रदेश सभापति पदमा अमरसिंह पुन मगरले उम्मेदवारी दिने भएका छन्।
उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। अमरसिंह यसअघि रोल्पा कांग्रेस सभापति थिए।
पौडेल पक्षले सहमतिमै सभापतिलगायत उम्मेदवार तय गरेको छ।
जसअनुसार उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रूपन्देहीका अष्टभुजा पाठक उम्मेदवार बन्ने भएका छन्।
महामन्त्री पदमा नवलपरासीका विक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्यलाई उम्मेदवारी बनाउने निर्णय भएको छ।
साथै सहमहामन्त्री पदमा खाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
लुम्बिनीमा सभापति शेरबहादुर देउवा पक्षबाट प्रतिनिधि सभा सांसद भरत शाह प्रदेश सभापति पदका उम्मेदवार छन्। भोलि मनोनयन दर्ता र मंसिर १८ मा मतदान हुनेछ।