नेपाली कांग्रेसको १४ औं महाधिशेनअन्तर्गत बिहीबार प्रदेश अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशमा पनि बिहीबार नै अधिवेशन हुँदै छ।
लुम्बिनी प्रदेशको अंक गणितमा संस्थापन पक्ष निकै कमजोर देखिएको छ।
प्रदेशका १२ जिल्लामध्ये बाँकेमा अझै जिल्ला अधिवेशन हुन सकेको छैन। अधिवेशन भएका ११ जिल्लामध्ये २ जिल्लामा मात्रै सभापति शेरबहादुर देउवा पक्षले जितेको छ।
बालकृष्ण खाणको गृहजिल्ला रूपन्देहीमा रामकृष्ण खाण र बर्दियामा अरुणसिंह राठौर देउवा पक्षका जिल्ला सभापति हुन्।
रूपन्देहीमा सर्वसम्मत रूपमा जिल्ला नतृत्व चयन गरिएको हो।
प्रदेश राजधानीसमेत रहेको दाङमा यसपटक संस्थापनइतरबाट शंकर डाँगीले सभापति जितेका छन्। नेता खुमबहादुर खड्काको अवसानपछि दाङमा संस्थापनइतरले निर्वाचन जितेको हो।
पहाडी जिल्लाहरू रोल्पा, प्युठानमा रूकुमपूर्वमा यस पटक संस्थापनइतरले निर्वाचन जितेको छ। अर्घाखाँची, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिममा पनि संस्थापनइतर पक्षले सभापति जितेको नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले जानकारी दिए।
यी हुन् पौडेल पक्षका जिल्ला सभापति
दाङ- शंकर डाँगी
प्युठान- विष्णुकुमार गिरी
अर्घाखाँची- केशव श्रेष्ठ
रोल्पा- किशोर आचार्य
रूकुमपूर्व- केशरमान रोका
नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल
पाल्पा- सभापति हिमालदत्त श्रेष्ठ
कपिलवस्तु- अब्दुल कलाम खाँ
गुल्मी- खिलध्वज पन्थी
देउवा पक्षका सभापति
रूपन्देही- रामकृष्ण खाण
बर्दिया- अरूणसिंह राठौर