नेपाली कांग्रेसका नेता अब्दुल सतारले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।
नेपाल मुश्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सतारले मुश्लिम आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनी गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।
अब्दुल नेविसंघको राजनीति हुँदै कांग्रेस राजनीतिमा आएका थिए। उनले पार्टी केन्द्रमा रहेर सेवा गर्ने इच्छा रहेकोले केन्द्रीय समिति सदस्यमा यसपालि उम्मेदवारी दिने बताए।