नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनी बझाङबाट कांग्रेस महाधिवेशन प्रतिनिधि छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसले यही मंसिर २४ देखि २७ गतेसम्म १४ औं महाधिवेशन गर्दैछ।
उनी २०७२ सालमा १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए। उनी नेविसंघदेखि नै राजनीतिमा लागेका थिए।
उनले संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए।