नेविसंघका महामन्त्री दीपक भट्टराईले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
यही मंसिर २४ देखि २७ गतेसम्म हुने पार्टीको १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भट्टराईले सेतोपाटीलाई बताए।
उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन्।
भट्टराई पछिल्लो समय कांग्रेस राजनीतिमा सक्रिय भएका छन्। उनले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेका थिए।
पार्टी रूपान्तरणका लागि युवाहरू सक्रिय भएर लाग्नुपर्ने भएकोले पनि आफूले केन्द्रीय समितिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
भट्टराई वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन्।