नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीको १४औं महाधिवेनमा सह-महामन्त्रीको उम्मेदवारी घाेषणा गरेसँगै ११ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेकी छिन् ।
पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत गर्ने, युवालाई देशमा नै स्वरोजगार एवम् रोजगारीको वातावरण निर्माण गर्न नीतिगत सवालहरूमा निरन्तर पैरवी गर्नेलगायत ११ बुँदे प्रतिबद्धता उनले आइतबार सार्वजनिक गरेकी हुन् ।
यी हुन् प्रतिबद्धता
१. संविधानको मुलमर्म समावेशी लोकतन्त्रको सार्थक अभ्यासमार्फत् सामाजिक रूपान्तरण गर्न ।
२. पार्टीलाई सबल र सक्षम महिला नेतृत्व प्रदान गर्न ।
३. पार्टीलाई नीति प्रधान बनाउन ।
४. विश्वव्यापी रूपमा आएको उदार लोकतन्त्रमाथिको चुनौतीलाई सामना गर्न ।
५. आर्थिक उदारीकरणमार्फत् सम्बृद्ध देश निर्माण र लोककल्याणकारी राज्यमार्फत् भुइँ तहका नागरीकको स्तरउन्नति गर्न ।
६. पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत गर्न ।
७. देशका कम्युनिस्ट पार्टीहरुसँग वैचारिक प्रतिस्पर्धा र मुखुण्डो उतार्न ।
८. बहिष्कृत समुदायहरू जस्तै: महिला, आदिवासी जनजाती, दलित, अपाङ्ग, पिछडीएको क्षेत्र, मधेशी, धार्मिक अल्पशंख्यक र अन्य पिछडीएका समुदायलाई मुल प्रवाहीकरण गर्न ।
९. युवाहरूलाई देशमा नै स्वरोजगार एवम् रोजगारीको स्थिति निर्माण गर्न नीतिगत सवालहरूमा निरन्तर पैरवी गर्न ।
१०. आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन र सरकारमार्फत् समग्र विकास प्रकृयामा अग्रणी भूमिका निर्वाह गरी रूपान्तरको प्रकृयालाई निष्कर्षमा पुर्याउन ।
११. मेरो ध्येय नै सम्मुनत नेपाल र सम्पन्न नागरिक बनाउने भएकाले मेरो सम्पूर्ण जीवन यसैका निम्ति समर्पण गर्ने हो ।