नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्ग पोखरेल निर्विरोध भएका छन्। सभापतिमा उनको मात्र एकल उम्मेदवारी परेको हो।
संस्थापन समूहबाट सभापतिका आकांक्षीहरूलाई मिलाएर पोखरेललाई एकल उम्मेदवार बनाइएको हो। संस्थापनइतर समूहबाट भने महाधिवेशन प्रतिनिधि नै नभएपछि जिल्ला सभापतिका लागि उम्मेदवार थिएनन्।
सभापतिभन्दा तलका पदाधिकारी तथा सदस्यहरूको लागि भने आज मतदान भएको हो।
सुर्खेत जिल्ला कार्यसमितिमा पालिकाबाट आउने सदस्यहरू पनि केही निर्विरोध भइसकेको सहायक निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिए।
गुर्भाकोट नगरपालिकाबाट महिला सदस्यमा धनकला डाँगी, प्रत्यक्षतर्फका सदस्यहरूमा टेकबहादुर खत्री र तेजबहादुर खत्री निर्विरोध भएको उनले बताए।
सुर्खेतको सभापतिमा चयन भएका पोखरेलले यसअघि दुई कार्यकाल क्षेत्रीय सभापति भएर काम गरेका थिए। उनी २०४६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रीय छन्।