नेपाल प्रहरीमा रहँदा चर्चामा रहेका पूर्वएसएसपी विक्रमसिंह थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ वनगाईबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थापा निर्वाचनबाट ४ सय मत लिएर महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।
गुल्मी जन्मघर भएका थापाले कपिलवस्तुको निर्वाचन क्षेत्र नं. २ बाट ज्योति दाहाललाई हराउँदै महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ।
नेपाल प्रहरीको जागिरे अवधिमा रूपन्देही, सप्तरी, काठमाडौं, बाँके, कपिलवस्तु लगायतका जिल्लाको प्रमुख रहेर काम गरेका थापा सेवानिवृत्त भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्।