Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, साउन ४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मिस नेपाल

अच्युत शाली घिमिरे

अच्युत शाली घिमिरे

हरेक साल

बौद्धिक क्षमताको लेपन लाएर

देखावटी सौन्दर्यको मोल तोक्न

आइदिन्छ

मिस नेपाल!

 

न छ समग्र मूल्यांकन

न छ विचारहरुको प्रक्षेपण

पूँजीवादको खोल ओढेर

छालाको रंग

शरीरको जैविक उचाई

र चस्माको पावरमा

नाफा कमाउन

हरेक साल

आइदिन्छ

मिस नेपाल!

 

के हो सौन्दर्यको परिभाषा?

अग्लो हुनु? गोरो हुनु?

मुलायम छाला हुनु?

चस्माविहिन आखाँ हुनु?

सोह्रश्रृङ्गार युक्त हुनु?

के यी सब चिरस्थायी छन् र?

छैनन् भने,

क्षणिकतालाई सौन्दर्यको मानक मान्न मिल्छ र?

यस कै भरमा

मिस नेपाल जस्तो साझा शब्दावली प्रयोग गर्न मिल्छ र?

मेरी प्रियसी!

नजाउ तिमी

आफूमा लघुताभाष सिर्जना गरेर

यस्ता विभेदीय संस्कृतिको

जगेर्ना गर्न,

मेरी प्रियसी!

नजाउ तिमी

आफ्ना कोमल अंगहरुमा

कर्पोरेट हाउसका

विज्ञापन छपाउन,

सुगाँ रटाई गरेर

प्रशिक्षणका नाममा

मस्तिष्क एकोहोरो बनाउन,

अवश्य

धनाढय वर्गका

युवतीहरूको भीडमा

तिमी हराउनेछौ,

साच्चै प्रियसी

इन्टरनेट भोटिङ्ग मार्फत

तिमीलाई बहुमूल्य बस्तु बनाईनेछ र

बेचिनेछ सञ्चारमाध्यमहरुमा।

 

किंवदन्ती जस्ता व्यथा भोग्ने

विकटका नारीहरु,

स्वर्णिम झुल्केको घामलाई

घुँडा टेकी हात जोडी नमस्कार गर्ने नारीहरु,

सानै उमेरमा घाँस दाउरा गर्न सिकेका छोरीहरु,

हुर्किन पाको छैन स्कुलको सट्टा पराई घर जान विवश छोरीहरु,

समाजको रसायनमा

घुलेका बोक्सीरुपी नारीहरु,

छाती तिघ्रा गुप्तांगमा

यौनपिपासुका डामहरु सहेर

उत्पीडनमा बाचेका नारीहरु,

रोजगारका नाममा खाडी मुलुकमा

बेचिएका बेचैन नारीहरु,

बिना दोष एसिड आक्रमणमा

कुरुप अनुहार लिएर बाचेका नारीहरु,

मेरो प्रश्न आयोजकहरुलाई??

के

यिनिहरु कहिल्यै फुल्नु फैलिनु र फराकिलो नहुनू?

के

यिनीहरु कहिल्यै मिस नेपाल नहुनू?

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १२:५६
सिफारिस
काममा ढिलाइ हुँदा घाँसले ढाकिएको चक्रपथको दोस्रो खण्ड (तस्बिरहरू)
काममा ढिलाइ हुँदा घाँसले ढाकिएको चक्रपथको दोस्रो खण्ड (तस्बिरहरू)
देउवाले ओलीलाई नभनेको कुरा!
देउवाले ओलीलाई नभनेको कुरा!
काठमाडौं उपत्यकासहित तीन प्रदेशका पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने
काठमाडौं उपत्यकासहित तीन प्रदेशका पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
उपचार गर्न छाडेर लुगा बनाइरहेका डाक्टर
उपचार गर्न छाडेर लुगा बनाइरहेका डाक्टर
सडकछेउका बोटबिरूवा हुर्केपछि चित्ताकर्षक देखिएको चक्रपथ (तस्बिरहरू)
सडकछेउका बोटबिरूवा हुर्केपछि चित्ताकर्षक देखिएको चक्रपथ (तस्बिरहरू)
पोखराको १३५ रोपनी लिची बगैंचाको ४० प्रतिशत नि:शुल्क बिचौलियाका नाममा पास गर्ने करारनामा
पोखराको १३५ रोपनी लिची बगैंचाको ४० प्रतिशत नि:शुल्क बिचौलियाका नाममा पास गर्ने करारनामा
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने जेफ्री एपस्टिनसँगको सम्बन्धले ट्रम्प अप्ठ्यारोमा
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने जेफ्री एपस्टिनसँगको सम्बन्धले ट्रम्प अप्ठ्यारोमा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

पहिले घरबाट निकालेकी थिइन्, अहिले मेरै शरणमा आइन् सासू!
अहंकारको आगो!
गाउँबाट फर्किएपछि भेट्छु भन्थ्यो, थाहै नदिई अमेरिका उडेछ!
पैसा भयो भने गरौंला भन्दैमा बित्छ मध्यम वर्गीय जीवन!
मौन म!
रहस्यमय चाबी!

विचार

अमित ढकाल
देउवाले ओलीलाई नभनेको कुरा! अमित ढकाल
प्रविज्ञ रेग्मी
विद्यार्थीहरूलाई लेख्न कसरी सिकाउने? प्रविज्ञ रेग्मी
सम्पादकीय
प्रधानमन्त्रीजी, मन्त्री गुप्तालाई बर्खास्त गर्नुस् कि उनको बचाउ गर्नुहोस्! सम्पादकीय
सम्पादकीय
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमले ल्याएको तरंग! सम्पादकीय

ब्लग

अर्जुन मोहन भट्टराई
एउटी छोरी त चाहिने रहेछ! अर्जुन मोहन भट्टराई
अस्मिता थापा
तपाईंलाई म शिक्षक हुँ भनेर हिँड्न लाज लाग्दैन! अस्मिता थापा
वसन्त आचार्य
असामाजिक सञ्जाल वसन्त आचार्य
खेम गैह्रे
छोराको होमवर्क गराउन गुगलको सहारा! खेम गैह्रे

साहित्यपाटी

विदुर दाहाल
पहिले घरबाट निकालेकी थिइन्, अहिले मेरै शरणमा आइन् सासू! विदुर दाहाल
अनिता कोइराला
अहंकारको आगो! अनिता कोइराला
मन्दिरा घिमिरे
गाउँबाट फर्किएपछि भेट्छु भन्थ्यो, थाहै नदिई अमेरिका उडेछ! मन्दिरा घिमिरे
अच्युत शाली घिमिरे
पैसा भयो भने गरौंला भन्दैमा बित्छ मध्यम वर्गीय जीवन! अच्युत शाली घिमिरे

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP