त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले विमानस्थलमा ‘भिआइपी’ सुविधा बन्द गरेको छ।
कार्यालयले विमानस्थलको यात्रु आवतजावत कक्षमा सूचना टाँसेर वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सबै यात्रुले सामान्य च्यानल प्रयोग गरिदिनुहुन अनुरोध गरेको हो।
असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्याउन भिआइपी कक्ष बन्द गरिएको विमानस्थलका महाप्रबन्ध हंशराज पाण्डेले जानकारी दिए।
‘सुरक्षा दिन कठिनाई भएकाले स्थिती सामान्य नहुन्जेललाई सबैलाई नियिमत रूटबाट प्रस्थान र आवगमन गर्न अनुरोध गरिएको हो,’ उनले भने।