त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुन:सञ्चालनमा आएको छ।
बुधबार बिहान ११:११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल केहीबेरका लागि बन्द गरिएको थियो।
करिब साढे दुई घन्टापछि पुन: सञ्चालनमा आएको विमानस्थल कार्यालयले जनाएको छ। यससँगै अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका उडान/अवतरण नियमित भइरहेको छ।
सौर्य एयरको नाइनएन–एएमई जहाज दुर्घटनामा परेको हो। दुर्घटनामा एयरलाइन्सका १९ जना सवार थिए।
तीमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
त्यस्तै क्याप्टेन घाइते छन्। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।