काठमाडौं-भद्रपुर रूटमा अहिले बुद्ध, यती र सौर्य एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-भद्रपुर दैनिक ६ वटा उडान गरिरहेको छ। यतिले काठमाडौं-भद्रपुर तीन वटा उडान गरिरहेको छ।
त्यस्तै, सौर्य एयरले काठमाडौं-भद्रपुर दैनिक तीन वटा उडान गरिरहेको छ।
हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले समय/समयमा हवाइ भाडादर तोकेर सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पठाएको हुन्छ।
प्राधिकरणले तोकेको भाडादरकै आधारमा एयरलाइन्समा अधिकतमदेखि न्यूनतम भाडादर हुन्छ।
बुद्ध एयरलाइन्समा काठमाडौं-भद्रपुरका लागि न्यूनतम भाडादर छ हजार चार सय रूपैयाँ रहेको छ। त्यस्तै, यही गन्तव्यका लागि अधिकतम भाडादर १२ हजार तीन सय ८३ रूपैयाँ रहेको छ।
यती एयरमा पनि काठमाडौं-भद्रपुरका लागि न्यूनतम भाडादर छ हजार चार सय रूपैयाँ रहेको छ। त्यस्तै, यही गन्तव्यमा अधिकतम भाडादर १२ हजार दुई ८० रूपैयाँ रहेको छ।
सौर्य एयरले काठमाडौं-भद्रपुर न्यूनतम भाडादर छ हजार तीन सय ९४ रूपैयाँ राखेको छ। त्यस्तै, यही रूटमा १२ हजार ३८३ रूपैयाँ अधिकतम भाडादर राखेको छ।
त्यस्तै,सौर्य एयरलाइन्सले काठमाडौं-भद्रपुरका लागि न्यूनतम भाडादर पाँच हजार ६९५ रूपैयाँ राखेको छ। यही गन्तव्यको लागि अधिकतम भाडा नौ हजार नाै सय ९९ रूपैयाँ राखेको छ।