सांग्रिला होटलका संस्थापक श्याम बहादुर पाण्डेको निधन भएको छ।
होटल संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका सांग्रिला होटलका संस्थापक पाण्डेको सोमबार निधन भएको हो।
पाण्डेले पाँचतारे सांग्रिला होटल २०१८ सालमा खोलेका थिए। उनी निजामती सेवा छोडेर पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए।
पछिल्लो समय उनका छोराहरूले होटलको व्यवस्थापन गर्दै आएका छन्।
मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरू समेत पाएका थिए।