काठमाडौं-विराटनगर रूटमा अहिले बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-विराटनगर दैनिक ९ वटा उडान गरिरहेको छ। यतीले काठमाडौं-विराटनगर ७ वटा उडान गरिरहेको छ। त्यस्तै, श्री एयरलाइन्सले काठमाडौं-विराटनगर ४ र सौर्यले ३ वटा उडान गरिरहेकाे छ।
हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।
बुद्ध एयरलाइन्सले काठमाडौं- विराटनगरका लागि न्यूनतम भाडादर पाँच हजार सात सय रूपैयाँ राखेको छ। त्यस्तै, यही गन्तव्यका लागि बुद्धले नौ हजार ९९९ रूपैयाँ अधिकतम भाडादर राखेको छ।
त्यस्तै, यती एयरले पनि काठमाडौं-विराटनगर लागि न्यूनतम भाडादर पाँच हजार सात सय रूपैयाँ राखेको छ। त्यस्तै यही गन्तव्यमा अधिकतम भाडादर नौ हजार ९९५ रूपैयाँ राखेको छ।
श्री एयरले काठमाडौं-विराटनगर न्यूनतम भाडादर पाँच हजार सात सय सय रूपैयाँ राखेको छ। त्यस्तै, यही रूटमा १० हजार रूपैयाँ अधिकतम भाडादर राखेको छ।
त्यस्तै, सौर्य एयरलाइन्सले काठमाडौं-विराटनगका लागि न्यूनतम भाडादर पाँच हजार ६९५ रूपैयाँ राखेको छ। यही गन्तव्यको लागि अधिकतम भाडा नौ हजार ९९९ रूपैयाँ राखेको छ।