काठमाडौं-नेपालगञ्ज रूटमा अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-नेपालगञ्ज दैनिक पाँच वटा उडान गरिरहेको छ। यतीले काठमाडौं-नेपालगञ्जमा तीन वटा उडान गरिरहेको छ। त्यस्तै श्री एयरलाइन्सले काठमाडौं-धनगढी चार उडान गरिरहेका छ।
हवाई यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।
बुद्ध एयरलाइन्सले काठमाडौं-नेपालगञ्जका लागि न्यूनतम भाडादर ६ हजार सात सय रूपैयाँ राखेको छ। त्यस्तै, यही गन्तव्यका लागि बुद्धले १३ हजार २९४ रूपैयाँ अधिकतम भाडादर राखेको छ।
त्यस्तै, यती एयरले काठमाडौं-नेपालगञ्ज लागि न्यूनतम भाडादर ६ हजार ६ सय रूपैयाँ राखेको छ। त्यस्तै यही गन्तव्यका लागि यतीले १३ हजार २९० रूपैयाँ अधिकतम भाडादर राखेको छ।
श्रीले काठमाडौं-नेपालगञ्ज न्यूनतम भाडादर ६ हजार सात सय रूपैयाँ राखेको छ। यही रूटमा १३ हजार २९४ रूपैयाँ अधिकतम भाडादर ताेकेको छ।