नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ४३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।
सोही ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो।
निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो व्यवस्थापन आएसँगै निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रूपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ।