आन्तरिक तथा विदेशी पर्यटकका लागि घुम्ने गन्तव्यमध्ये पर्छ, जनकपुर।
यो गन्तव्यमा बुद्ध र यती एयरलाइन्सले दैनिक उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-जनकपुर दैनिक पाँच वटा उडान गरिरहेको छ। त्यस्तै, यती एयरलाइन्सले काठमाडौं-जनकपुर तीन उडान गरिरहेकाे छ।
हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।
बुद्ध एयरलाइन्सले काठमाडौं-जनकपुरका लागि न्यूनतम भाडादर चार हजार तीन सय रूपैयाँ राखेको छ। त्यस्तै, यही गन्तव्यका लागि बुद्धले पाँच हजार ५८६ रूपैयाँ अधिकतम भाडादर राखेको छ।
यती एयरलाइन्सले पनि काठमाडौं-जनकपुर उडानका लागि न्यूनतम चार हजार तीन सय रूपैयाँ र अधिकतम पाँच हजार ५८५ रूपैयाँ रहेको छ।