द कन्भरसेसन
सिर्जना सिज्जु (ओली) एक्लै घुम्ने ‘सोलो ट्राभलर’ हुन्। घुमन्ते (कञ्चन राई) भने समूहमा हिँड्छन्।
काम दुवैको एउटै हो। उनीहरू सामान्यतया महिनाको आधा समय घुमेर बिताउँछन्। भिडिओ खिच्छन् र भ्लग बनाउँछन्। जब काठमाडौंमा हुन्छन्, उनीहरूको समय भिडिओ सम्पादनमा बित्छ।
एउटा ठाउँको भ्लग युट्युबमा पोस्ट गरेपछि उनीहरू फेरि आफ्नो झोलातुम्ला बोक्छन् र निस्कन्छन् अर्को गन्तव्यतर्फ।
यसरी नै युट्युब भिडिओको कमाइबाट जीविका चलाइरहेका सिर्जनाले यो काम थालेको ६ वर्षभन्दा बढी भयो। घुमन्ते भने ११ वर्षभन्दा बढी समयदेखि यसमा लागिरहेका छन्।
घुम्ने रहर कसलाई नहोला? तर सोच्नुस् त — जसको काम नै घुम्ने छ, जसको जीविका नै घुमेर चल्छ, उसलाई घुम्दै हिँड्दा अरूजस्तै मजा आउला?
कि, जसरी हामी आफ्नो दैनिक कामबाट वाक्क–दिक्क हुन्छौं, यी भ्रमणजीवीहरू पनि भ्रमणबाट वाक्क–दिक्क त हुँदैनन्?
देशका दर्शनीय स्थलहरू घुमेर भिडिओ ब्लग बनाउने सिर्जना सिज्जु र घुमन्तेले सेतोपाटी स्टुडियोमा यस्ता थुप्रै विषयमा रोचक कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ —