श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा परीक्षण उडान सफल भएको छ।
श्रीको 'क्यु४०० ड्यास८' विमानबाट बिहीबार भरतपुरमा परीक्षण उडान सफल भएको हो।
यात्रुहरूको अत्यधिक चापलाई सहज गर्न भरतपुरमा श्रीले उडान गर्न लागेको हो।
श्रीले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणबाट अनुमति पाएपछि काठमाडौं–भरतपुर नियमित उडान गर्ने श्री एयरलाइन्सले जनाएको छ।
सन् २०१७ देखि ५० सिट क्षमताका २ वटा सिरआरजे २०० तथा ७० सीट क्षमताका २ वटा सिआरजे ७०० जेट विमानहरूबाट स्वदेशका विभिन्न गन्तव्यहरूमा नियमित उडान गरिरहेको छ।
श्रीका यी विमानहरू काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत लगायत विमानस्थलमा उडान भइरहेको छ।
साथै पर्वतीय उडानमा पनि नियमित जसो विभिन्न गन्तव्यहरूमा उडान भइरहेको छ।