थाइ एयरवेजले सेप्टेम्बर १५ बाट वाइडबडी जहाजमार्फत् बैंकक–काठमाडौं उडान गर्ने भएको छ।
थाइले हाल न्यारोबडी ३२० मार्फत् बैंकक–नेपाल दैनिक दुई वटा उडान गरिरहेको छ।
यात्रुको चाप बढेसँगै वाइडबडी जहाज उडाउने तयारी गरेको सोसाइटी इन्टरनेसनल ट्राभलले जनाएको छ।
थाइले थाइले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत् नेपालमा उडान सुरू गरेको थियो।
त्यसयता नियमित उडान गरिरहेको थाइले कोभिडका कारण तीन वर्ष उडान बन्द गरेको थियो।
२०८० कात्तिक १५ गतेबाट थाइले न्यारोबडीमार्फत् उडान गरिरहेको छ।