यात्रुले स्प्रिट बोकेर चढेपछि श्री एयरलाइन्सको जहाज विमानस्थलमै तीन घन्टा रोकिएको छ।
आइतबार बिहान ८:३० बजे काठमाडौंबाट धनगढी उड्न लागेको 'नाइनएन एएनएस' कलसाइन रहेको विमानमा स्प्रिटको गन्ध आएपछि विमान निरीक्षणका गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए।
'जहाजमा रासायनिक सामग्रीहरू लैजान प्रतिबन्ध छ। तर यात्रुले कसरी स्प्रिट पुर्याए भन्ने बारे अध्ययन भइरहेको छ,' उनले भने।
जहाजमा ७४ जना यात्रु थिए। जहाज निरीक्षणका लागि समय लाग्ने भएपछि यात्रुलाई अर्को जहाजमार्फत् धनगढी पठाएको मानन्धरले बताए।
साथै 'नाइनएन एएनएस' कलसाइनको उक्त जहाज भने अहिले अन्य गन्तव्यमा उड्न लागेको उनले बताए।