सरकारले पुराना बन्द आन्तरिक विमानस्थल सहासिक खेलको लागि प्रयोगमा ल्याउने भएको छ।
सञ्चालनमा नरहेका बलेवा, मनि डाडा, मनाङ, रूम्जाछार, वैतडी जस्ता आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने भएको हो।
मंगलबार २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
त्यस्तै, भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने भएको छ। यसको लागि ३६ करोड विनियोजन गरिएको छ।
रोल्पाको बडाचौर, दाङको चरी गाँउ, जुम्ला, विराटनगर, धनगढी, सुर्खेतको विमानस्थल र नेपालगञ्जको विमानस्थल स्तरोन्नति गरिने समेत सरकारी योजना छ।
सरकारले नागरिक उड्डयन पूर्वाधारको लागि तीन अर्ब ७७ करोड विनियोजन र पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड रकम विनियोजन गरेको छ।