सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा बनाउने घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गर्ने उदेश्य राखिएको छ।
त्यस्तै मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसको रूपमा मनाइने भएको छ।