त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा परेको खाल्डो पुरेपछि उडान नियमित भएको छ।
रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू बन्द गरिएको थियो।
साथै विमानस्थलमा अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै होल्ड गराइएको थियो।
विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाकाअनुसार मर्मत कार्य सकेसँगै सबै उडान भइरहेका छन्।