जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ।
मंगलबार सकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै धार्मिक तथा ऐतिहासिक महत्त्वका सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने बताएका हुन्।
उनले सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गरिने समेत बताए।