राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने भएको छ।
मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने बताएका हुन्।
साथै राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिनेछ।
मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिने उनले बताए।