पर्यटन क्षेत्रका कार्यक्रमहरू पुनर्संरचना गरिने भएको छ।
मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्थापन गरी नेपाललाई प्राथमिक र आकर्षित गन्तव्यको रूपमा विकास गरिने उनले बताए।
साथै राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ।
पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ।