नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड नौ लाख ५५ हजार रूपैयाँ बुझाएको छ।
निगमले २०८० चैत मसान्तसम्मको किस्ता बुझाएको हो।
यससँगै निगमले गत वर्ष ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रूपैयाँ किस्ता भुक्तानी गरेको छ।
कोरोनाका कारण निगमको व्यापारमा असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्वको भुक्तानीलाई सहज गरिदिन निगमले दुबै कोषलाई पत्र पठाइसकेको छ। यस विषयमा छलफल भइरहेको छ।