हेली एभरेष्टले एक वर्षमा दुइटा नयाँ हेलिकप्टर भित्र्याएको छ। केही महिनाअघि एक र सोमबार एक गरी दुइटा हेलिकप्टर भित्र्याएको हो।
आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर ल्याइएको कम्पनीका निर्देशक प्रनिश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार नयाँ हेलिकप्टरले १४ दिनभित्र उडान भर्नेछ।
हेली एभरेष्टले एएस ३५०, बिइ ए १२५ हेलिकप्टर भित्र्याएको हो। अब हेली एभरेष्टसँग ४ वटा हेलिकप्टर भएका छन्।
आगामी एक वर्षमा अर्को एउटा हेलिकप्टर थप्ने तयारी रहेको श्रेष्ठले बताए। हेली एभरेष्टको नयाँ हेलिकप्टर नेपाली भूगोलको लागि उपयुक्त रहेको श्रेष्ठले दाबी गरे।
हेली एभरेष्टसहित नेपालमा आधा दर्जन हेलिकप्टर कम्पनीहरूले सेवा दिइरहेका छन्। आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा हेलिकप्टर प्रयोग हुँदै आएको छ।