पर्यटकीय सिजन सुरू हुन लागेसँगै पर्यटक आगमन बढ्न थालेको छ। पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्।
अघिल्लो महिना (जनवरी)मा ७९ हजार एक सय पर्यटक आएका थिए। मार्च, अप्रिल र मेलाई पर्यटकीय सिजन मानिन्छ। यही सिजनमा पदयात्रा तथा पर्वतारोहणका लागि पर्यटक आगमन बढेको हो।
यसअघि सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार पर्यटक भित्रिएका थिए। चार वर्षपछि यसपालि ९७ लाख पर्यटक भित्रिएका हुन्।
अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक आएका थिए।
यसपालि नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार ५७८ पर्यटक आएका छन्।
त्यस्तै, चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६८४ जना भित्रिएका छन्।