निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्षमा मनोज कार्की चयन भएका छन्।
बिहीबार संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्।
यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन्।
संघको महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।