नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौता भएको छ।
मंगलबार नेपाल र स्विट्जरल्यान्ड सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यससँगै द्विपक्षीय हवाई सम्झौता भएको देशहरूको संख्या ४२ पुगेको छ। तर, अन्तर्राष्ट्रिय उडानमा वायुसेवाको संख्या कम हुँदा नेपालले १५ वटा देशमा मात्र उडान गर्दै आइरहेको छ।