ठमेलस्थित 'एलओडी' क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुन: परेको हो। म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहन्छन्।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए।
छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ।
'यसपटक अझै माथि उक्लिन सकिने आशा लिएका छौ,' कुँवरले भने, 'क्लबका लागि आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था तथा कलाकार र डिजे म्युजिकको राम्रो व्यवस्था गरिरहेका छौ।'
पछिल्लो समय ठमेलमा आउनुको कारण कल्बिङ कल्चर बनेको कुँवरको भनाइ छ।
रात्रीकालीन व्यवसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनले बताए।
एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औं स्थानमा परिसककेको छ ।