बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन्।
केबलकारसहित बन्दीपुर क्षेत्रको उद्यम तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा आनो संचार माध्यमबाट पुर्याएको योगदानको मूल्यांकन गर्दै उनीहरूलाई पुरस्कृत गरिएको हो।
पुरस्कृत हुनेमा तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य, काठमाडौंबाट सेतोपाटी डटकमकी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मा रहेका छन्।
बन्दीपुर केबलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार कम्पनीको तेस्रो साधारण सभाको अवसरमा प्रदान गरिएको हो।
गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री हरिबहादुर चुमान, कम्पनीका अध्यक्ष रामचन् शर्मा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ लगायतले सम्मान गरेका थिए। उनीहरूलाई नगद रु ५० हजार प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन एवं उद्यमशीलतामा चालिएका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग गरेबापत कम्पनीले पत्रकार सम्मान तथा पुरस्कृत योजना अगाडि बढाएको कम्पनीका अध्यक्ष रामचन् शर्माले जानकारी दिए।