प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्यटकको संख्या बढाउनका लागि सरकारले विभिन्न रणनीति बनाएर काम गरिरहेको बताएका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला केही महिनायता नेपाल घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको बताउँदै आगामी वर्षका लागि क्षेत्रगत तयारी र योजना बनाएर अघि बढ्ने बताएका हुन्।
कोभिडपछि यसपाली पर्यटक आगमन उत्साहजनक देखिएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अहिले मासिक एक लाख बढी पर्यटक नेपाल घुम्न आइरहेका छन्।