हिमालय एअरलाइन्स्ले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरू गरेको छ।
लामो समयदेखि प्रतीक्षामा रहेको उडान १२ डिसेम्बरदेखि सुरू गरिएको एयरलाइन्सले जनाएको छ।
मंगलबार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बिहान १०:०७ मा गरेको थियो। विमानले चोङ्किङ्को जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार साँझ १५:५० बजे उडान अवतरण गर्नेछ।
उडान अवधि ३ घण्टा १४ मिनेट रहनेछ। पहिलो उडानमा एक सय २५ यात्रु छन्। चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४:२५ बजे काठमाडौंका लागिफिर्ती उडान छुट्नेछ। काठमाडौंमा साँझ ६:३५ मा अवतरण हुने छ।
यसपछि यो रूटमा हरेक मंगलबार र शनिबार गरी सातामा दुई पटक उडान हुनेछ।
यो रूट सुरू भएसँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको चौथो सिधा उडान हुनेछ। एयरलाइन्सले बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित सिधा उडान गर्दै आएको छ।
यसबाट नेपाल र चीनबीच कनेक्टिभिटी बढ्ने तथा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्घन गर्ने अपेक्षा लिइएको छ।
काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प मिल्नेछ।
दुई सहरबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने प्रतिवद्धता हिमालय एयरलाइन्सको छ।