नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्पर्धाको माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन पाँच सदस्यीय कमिटी गठन गरेको छ।
प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनौट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजात समेत तयार पार्न निर्देशक सुनिल कुमार कुशवाहाको नेतृत्वमा आइतबार उक्त समिति गठन गरेको हो।
हाल त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा वायुसेवा निगमले गर्दै आइरहेको छ।
प्राधिकरणले गत शुक्रबार उक्त विमानस्थलमा यस्तो सेवाको लागि प्रतिस्पर्धाका माध्यमबाट छनौट भएको संस्थामार्फत् गराउने निर्णय गरेको थियो।