संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाएको छ।
मन्त्रलयले प्रधामन्त्री राहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रूपैयाँ जम्मा गरेको हो।
मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम बुधबार पर्यटन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई हस्तान्तरण गरेका हुन्।
मन्त्रालयअन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरणकाे १ करोड, नेपाल वायुसेवा निगमकाे २५ लाख, पर्यटन बोर्ड ५० लाख र पशुपति क्षेत्र विकास कोषकाे २१ लाख रहेको छ।
नेपाल पर्वतारोहण संघले ३१ लाख, एयर डाइनेष्टी हेलिकप्टरले ११ लाख, कैलाश हलिकप्टरले १० लाख जम्मा गरेका छन्।
त्यस्तै, विभिन्न क्यासिनोहरूले पनि सहयोग गरेका छन्।
क्यासिनो मोजाङले ५ लाख, क्यासिनो मोजाङ नेपालगञ्ज ५ लाख, डेल्टिन क्यासिनो काठमाडौं ५ लाख, क्यासिनो वेलिज काठमाडौं ५ लाख, क्यासिनो प्राइड काठमाडौं ५ लाख, क्यासिनो प्यालेस काठमाडौं ५ लाख र क्यासिनो प्यालेस झापाले ५ लाख रूपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका हुन्।