माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको 'स्टेप बाई स्टेप' नामक पुस्तक सार्वजनिक भएको छ।
काठमाडौंमा शनिबार आयोजित एक समारोहकाबीच पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
'स्टेप बाई स्टेप' नामक पुस्तक लेखक मार्क पावेलले लेखेका हुन्। एउटा शेर्पा सामुदायबाट अगाडि आएका युवा कसरी एक-एक पाइला, 'स्टेप बाई स्टेप' अगाडि बढ्छ भन्ने कुरा पुस्तकमा समेटिएको छ।
त्यस्तै माउन्टेन गाइड पेम्बाले आफ्नोबारे लेखिएको किताब सार्वजनिक गर्न पाउँदा निकै खुसी महशुस गरेको बताए।
हिमालमा हरेक पाइला महत्त्वपूर्ण हुने बताउँदै उनले समारोह कार्यक्रममा भने, 'हिमालमा जब आरोहीले हार मान्न खोजिरहेको हुन्छ, त्यो बेला हामीले उनीहरूलाई अब पुग्न लाग्यौं केही कदम मात्र हो भन्दै लैजान्छौं।'
कार्यक्रममा काठमाडौंस्थित न्युजिल्यान्डका कन्सुलेट लिसा चोग्याल, यति एयरलान्सका अध्यक्ष लाक्पा सोनाम शेर्पा, संघीय संसद मनवीर राई, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पा, खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा, खुम्बु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पा लगायतको उपस्थिति थियो।