नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यससँगै प्राधिकरणले उद्धार कार्यमा खटिने वायुयानहरूलाई चारवटा विमानस्थलबाट लिने सेवा सुविधामा पनि छुट दिने जनाएको छ।
नेपालगञ्ज विमानस्थल, सुर्खेत विमानस्थल, रूकुमको सल्लेरी विमानस्थल र रूकुम चौरजहारी विमानस्थलमा वायुयानलाई अवतरण, विसान, सञ्चार र सुरक्षा शुल्कमा सतप्रतिशत छुट दिने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।