नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवस मनाएको छ।
स्थापना दिवसका अवसरमा बुधबार बिहान नक्सालस्थित संघको कार्यालयदेखि आर्मी क्लबसम्म र्याली गरिएको थियो।
र्यालीमा पर्यटन व्यवसायीसँगै विभिन्न मुलुकबाट आएका पाहुना, विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै आर्मी, प्रहरी लगायतको उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र संघका अध्यक्ष निमा नुरू शेर्पाले हिमाल आरोही र विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गरेका छन्।
तस्बिरहरू: