यो सिजन (शरद ऋतु) मा हिमाल आरोहणका लागि एक हजार २८५ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार कात्तिक ८ (अक्टोबर २५) सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरूष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन्।
यो सिजनका लागि हालसम्म आमादब्लम हिमाल चढ्न सबैभन्दा धेरैले अनुमति लिएका छन्।
विभागकाअनुसार आमादब्लमका लागि ३३९ जना पुरूष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका हुन्।
त्यसैगरी, मनास्लुका लागि ३०१, हिमलुङ्गका लागि १२५ जनाले अनुमति लिएका छन्।
अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका हुन्। जसबाट ६ करोड ९१ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।