एड्भेन्चर हब ‘द क्लिफ’ दसैंमा पनि बन्द नहुने भएको छ।
दसैंमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको सिलसिलामा टाढा रही दसैंको समयमा घर आएका स्थानीयलाई लक्षित गरी एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए।
दसैंको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउने उनले बताए। कम्पनीले दसैंलाई लक्षित गरी छुटको घोषणा गरेको हो।
कार्कीका अनुसार दसैंमा पिङ खेलिने भएर स्विङमा छुट दिइएको हो। छुट अक्टोबर अन्तिमसम्म लागु हुनेछ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोंचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन्।