पछिल्लो समय पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट हुने आम्दानी पनि बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिना (भदौ) मा पर्यटकबाट हुने आम्दानी ५३.९ प्रतिशतले बढेको हो।
राष्ट्र बैंककाअनुसार पर्यटकबाट हुने आम्दानी ९ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ।
यसअघि २०७९/८० को दोस्रो महिनामा पर्यटकबाट ६ अर्ब ६ करोड रूपैयाँ आम्दानी भएको थियो।
कोभिड माहामारीपछि सन् २०२३ मा नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को १० महिना (जनवरीदेखि अक्टोबर)मा ६ लाख ९२ हजार पर्यटक भित्रिएका छन्।
जबकी सन् २०२२ को वर्षभरीमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए।
हाल नेपालमा पर्यटकीय सिजन चलिरहेकाले मासिक झन्डै एक लाख पर्यटक भित्रिरहेका छन्। जसकारण पर्यटकबाट हुने आम्दानीमा पनि वृद्धि भएको देखिन्छ।
यस्तै, नेपालबाट अध्ययन र विदेश भ्रमणमा जान हुने खर्च ७६.५ प्रतिशतले वृद्धि भएर ३५ अर्ब ५९ करोड पुगेको छ।
यसअघि २०७९/८० को दोस्रो महिनामा नेपालबाट अध्ययन र विदेश भ्रमणमा जाँदा हुने खर्च २० अर्ब १६ करोड रूपैयाँ रहेको थियो।