पर्यटकीय सिजन सुरू भएसँगै रामेछापको मन्थलीबाट लुक्ला उडान नियमित हुन थालेको छ।
सिजनमा सगरमाथा क्षेत्र जाने पर्यटक बढ्न थालेसँगै अहिले तारा र समिटले चार्टर्ड उडान गरिरहेका छन्।
यी दुबैले हाल दैनिक ५/५ वटासम्म उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले असोज १४ गतेदेखि लागू हुने गरी उडान तालिका बनाएको छ।
तालिकाअनुसार समिट, सीता र तारा एयरले रामेछाप–लुक्ला उडान गर्नेछन्।
यी कम्पनीका जहाज रामेछाप विमानस्थलमै बेस भएर उडान गर्ने प्राधिकरणले जनाएको छ।