राराको ताल्चा विमानस्थलमा रोकिएका १६ जना चिकित्सक समिट एयरकै चार्टर्ड मार्फत नेपालगञ्ज फर्किएका छन्।
मंगलबार बिहान नेपालगञ्ज फर्कन विमानस्थल पुगेका १६ जना चिकित्सकलाई छोडेर पाँच नेता र केही सर्वसाधारण लिएर समिटको जहाज उडेको थियो।
चौतर्फी आलोचनापछि समिटले दिउँसो ३ बजे चार्टर्ड उडान गरेको हो। प्राधिकरणकाअनुसार चार्टर्ड उडानमार्फत बिहान रोकिएका १६ जना चिकित्सकहरू मुगुको ताल्चाबाट नेपालगञ्ज अवतरण गरिसकेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तर्क्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।